असोज २९ गते २०८३ || October 15, 2026

नेपालमा हुने साफ यू-१९ च्याम्पियनसिपका लागि एन्फाले खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने


पिपल अनलाइन
मंगलबार, साउन २ २०८००२:५५

नेपालमा हुने साफ यू-१९ च्याम्पियनसिपका लागि एन्फाले खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने

 काठमाडौँ - दक्षिण एसियाली फुटबल महासंघ साफ यू-१९ च्याम्पियनसिप २०२३ नेपालमा हुने भएको छ । उक्त च्याम्पियनसिपमा सहभागी हुनको लागि अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली यू–१९ टोली तयार पार्न खेलाडी छनोट गर्ने भएको छ ।

साफ यू-१९ को पाँचौ संस्करण असोज ४ गतेदेखि १३ गते सेप्टेम्बर २१-३० सम्म हुने एन्फाले जनाएको छ। एन्फाले सोमबार सात प्रदेश र ४८ जिल्ला फुटबल संघलाई पत्र लेख्दै खेलाडी छनोटबारे जानकारी गराएको छ ।

जस अनुसार जिल्ला छनोट यही साउन १० गतेदेखि १६ गतेसम्म र प्रदेश छनोट साउन १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ। त्यसपछि साउन २६ देखि ३० गतेसम्म एन्फाले अन्तिम चरणको छनोट कार्यक्रम गरी प्रशिक्षण सञ्चालन गर्ने जनाएको छ।


  • सम्बन्धित विषय:

  • # नेपालमा हुने साफ यू-१९ च्याम्पियनसिपका लागि एन्फाले खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend