असोज २९ गते २०८३ || October 15, 2026

सुनचाँदीको भाउ आज पनि घट्यो : सुन तोलाको १ लाख १२ हजारमा कारोवार 


पिपल अनलाइन
सोमबार, साउन ८ २०८०१२:१०

सुनचाँदीको भाउ आज पनि घट्यो : सुन तोलाको १ लाख १२ हजारमा कारोवार 

काठमाण्डौँ - सुनचाँदीको भाउ आज पनि घटेको छ । गएको बिहीवार अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसपछि लगातार घटेको छ ।

आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको थियो । हिजो तोलाको एक लाख १२ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै, शुक्रवार तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ हिजो तोलामा एक हजार चार सय ६५ रुपैयाँ थियो ।

 


  • सम्बन्धित विषय:

  • # सुनचाँदीको भाउ आज पनि घट्यो : सुन तोलाको १ लाख १२ हजारमा कारोवार
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend