असोज २९ गते २०८३ || October 15, 2026

वार्षिक सात करोड बढीको चामल आयात हुने


शनिबार, साउन १३ २०८००४:२३

वार्षिक सात करोड बढीको चामल आयात हुने

गुल्मीमा वार्षिक सात करोडभन्दा बढीको चामल आयात हुने गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार यस जिल्लामा एक जनाले सरदर वार्षिक १३८ केजी चामल खपत गर्दा कम्तीमा ३४ हजार पाँच सय मेट्रिक टन चामल आवश्यक पर्छ । 

 ‘‘गत वर्ष बर्खे धान आठ हजार ६७० हेक्टरमा लगाइएको थियो । यो वर्ष गत वर्षभन्दा क्षेत्रफल घट्ने निश्चित छ ।’’ 

यस जिल्लामा गत वर्ष चैते धान खेती ३४१ हेक्टर क्षेत्रफलमा गरिएको थियो । यो वर्ष ३११ हेक्टर क्षेत्रफलमा मात्र धान लगाइएको छ । गत वर्षभन्दा यो वर्ष समग्र चैते धान उत्पादनमा घट्ने अनुमान गरिएको छ । मसिना र बास्नादार चामलको उपयोगमा वृद्धि तथा आयातित चामलको गुणस्तर र मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको  छ । उत्पादन घट्नुका विभिन्न कारणहरू रहेका छन् भने जिल्लामा पर्याप्त सिँचाइको अभाव र बेला–बेलामा हुने खडेरीका कारण पनि उत्पादन घटेको हो ।

गुल्मीमा खेती गरिने धानका स्थानीय जातहरूमध्ये हंशराज, आपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठुलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सी लगायतका जातहरू कृषकहरूले लगाउने गर्दछन् । कम उत्पादन दिने भए पनि स्थानीय जातमा भएका विशेष गुणका कारण किसानले स्थानीय जातका धानको खेती गरिरहेका छन् ।

‘‘उन्नत र हाइब्रिड जातका धानमा नपाइने गुण स्थानीय जातमा पाइने र यसको भात खाँदा भोक नलाग्ने हुन्छ । कतिपय बास्नादार पनि हुनेगर्छ ।,‘‘कतिपय धानको चामल विशेष प्रकारको परिकार पकाउनका लागि प्रयोग हुँदै आएको छ । किसान आफैँले यी बीउलाई निरन्तरता दिइरहेका छन् ।’’

कतिपय जातका धानका बीउ लोप हुने अवस्थामा पुगेका छन् । कृषि ज्ञान केन्द्रले बीउ संरक्षण र आवश्यक पर्दा किसानलाई वितरण गर्दै आएको छ 
यहाँका उन्नत जातहरू सावाँ मन्सुली, मकवानपुर १, खुमल ४, रामधान,  हिमाली, हाईब्रिड धान शङ्कर, उपज, च्याम्पियन, यूएस–३१२ लगाउने गरिएको छ । तर यी जातहरू सूचीकृत नभएका उहाँले बताउनुभयो । चैते धानको रूपमा  स्थानीय मार्सी, सिएज –४५, चैते ५, हर्दिनाथ १ रोपिन्छ । यो वर्ष कुल धान खेती हुने क्षेत्रफलको ९७ प्रतिशत जग्गामा धान रोपाई भएको थियो ।
धान उत्पादन बढाउनका लागि विकासे र रैथाने जात धानका बिउ बराबरी लगाउनुपर्ने ज्ञान केन्द्रले जनाएको छ । तर अहिले रैथानेभन्दा विकासे धान बढी लगाउने गरिएको छ । अप्ठ्यारोमा साथ दिनसक्ने भनेकै रैथाने जातको धान हो । यस वर्ष रासायनिक मलको समस्या यहाँका कृषकले भोग्नु नपरेपनि मनसुनी वर्षा कम भएको कारण अहिले ७७.१९ प्रतिशत रोपाइ भएको छ ।


  • सम्बन्धित विषय:

  • # धान


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend