असोज २९ गते २०८३ || October 15, 2026

हिजाब लगाएर विश्वकप खेल्ने पहिलो खेलाडी मोरक्कोकी बेन्जिना


आइतबार, साउन १४ २०८००२:४८

हिजाब लगाएर विश्वकप खेल्ने पहिलो खेलाडी मोरक्कोकी बेन्जिना

मोरक्कोकी डिफेन्डर नौहाइला बेन्जिनाले विश्वकपमा हिजाब लगाउने पहिलो खेलाडी बनेकी छन्।
२५ वर्षीया बेन्जिमाले इस्लामिक हेडस्कार्फ लगाएर मैदान उत्रदा मोरक्कोले दक्षिण कोरियालाई १-० ले पराजित गर्‍यो।
फिफाले सन् २०१४ मा हिजाब लगाएर विश्वकप खेल्न अनुमति दिएको थियो। 

मोरक्को यस महिला विश्वकपमा डेब्यु गर्ने आठ टोलीमध्ये एक हो।

मोरक्कोमा आफ्नो क्लब फुटबल खेल्ने बेन्जिना सिनियर महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा हिजाब लगाउने पहिलो खेलाडी हुन्।
उनी जर्मनी विरुद्ध आफ्नो देशको उद्घाटन खेलमा बेन्चमा थिइन्। जुन खेलमा मोरक्को ६-० गोलले पराजित भएको थियो।


  • सम्बन्धित विषय:

  • # आजको खेलकुद


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend