असोज २९ गते २०८३ || October 15, 2026

फिफा महिला विश्वकप : नकआउट चरणमा भिड्ने यी हुन् १६ टिम


शुक्रबार, साउन १९ २०८००३:१४

फिफा महिला विश्वकप :  नकआउट चरणमा भिड्ने यी हुन् १६ टिम

न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको छ। 

बिहीबार समूह ‘एच’ का अन्तिम दुई खेल सकिएसँगै अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको हो। 

समूह चरणको अन्तिम दिन दक्षिण कोरिया र जर्मनीले १-१ को बराबरी खेल्दा दुवै टिम बाहिरिए।

यो समूहबाट कोलम्बिया र मोरक्को अन्तिम १६ मा पुगे। अन्तिम दिन कोलम्बियामाथि मोरक्कोले १-० गोलको जित हासिल गर्‍यो।

अन्तिम १६ का खेल भोलि शनिबारदेखि हुँदैछन्। अन्तिम १६ को पहिलो दिन स्विट्जरल्यान्ड्स र स्पेन तथा जपान र नर्वेबीच खेल हुनेछ।

अन्तिम १६ प्रतिस्पर्धा 
स्विट्जरल्यान्ड भर्सेस स्पेन 
जापान भर्सेस नर्वे 
नेदरल्यान्ड्स भर्सेस दक्षिण अफ्रिका 
स्विडेन भर्सेस अमेरिका 
इंग्ल्यान्ड भर्सेस नाइजेरिया 
अस्ट्रेलिया भर्सेस डेनमार्क 
कोलम्बिया भर्सेस जमैका 
फ्रान्स भर्सेस मोरक्को


  • सम्बन्धित विषय:

  • # today sport news
  • # sport news


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend