आज काठमाडौंका ८ स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने भएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम भइरहेकाले काठमाडौंका विभिन्न ८ स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्तिमा अवरोध आउने भएको हो।
टेकु स्युचाटार ६६ केभी. लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेको अहिलेको १३२ के.भी. मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले स्युचाटार सवस्टेसनबाट आपूर्ति भइरहेको फिडरहरूमा विद्युत सेवा अवरूद्ध प्राधिकरणले जानकारी दिएकोछ । बाफल, थापाचोक,बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर,स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर क्षेत्रमा विद्युत् अवरूद्ध हुने छ।
त्यस्तै ज्ञानोदय, गाई-बाच्छा पाटी, स्वयम्भू, सानो भर्याङ, बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्यु डाइमण्ड आदि क्षेत्रमा पनि विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ। सिर्जना चोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा,इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक,दुर्गानगर, स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटो छत्रे देउरालीसम्म पनि अवरूद्ध हुने छ।