असोज ३० गते २०८३ || October 16, 2026

बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा विजयी सुरुवात


शनिबार, भदौ २ २०८००२:१९

बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा विजयी सुरुवात

साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको लिगको पहिलो खेलमा बायर्नले वेर्डन ब्रेमनलाई ४–० गोलले हरायो ।

बार्यनको जितमा लेरोय सानेले दुई तथा इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका कप्तान ह्यारी केन र म्याथी टेलले एक एक गोल गर्नुभयो । पाहुना टोली बायर्नले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको थियो ।

सानेले चौथो र ९०औं मिनेटमा गोल गर्नुभयो । केनले ७४औं, टेलले दोस्रो हाफको इन्जुरी सयममा गोल गर्नुभएको हो । पहिलो जितसँगै बार्यनले तीन अङ्क बनाएको छ । वेर्डन ब्रेमनले हारबाट लिगको सुरुवात गरेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend