असोज ३० गते २०८३ || October 16, 2026

नेपाल च्याम्पियन


शनिबार, भदौ ९ २०८००३:५९

नेपाल च्याम्पियन

चार देश सम्मिलित महिला टी–२० क्रिकेट सिरिजमा नेपाल च्याम्पियन बनेको छ । मलेसियाको बायोमास ओभल मैदानमा शनिबार भएको फाइनलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको हो । 

हङकङले दिएको एक सय दुई रनको विजय लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा वर्षाले खेल रोकिएको थियो । भारी वर्षाका कारण पुन: खेल सुचारु हुन नसक्दा नेपाल डकवर्थ लेविस प्रणालीका आधारमा विजयी भएको थियो ।

वर्षा सुरु हुनुअघि नेपालले ५.३ ओभरमा एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो । नेपालकी इन्दु बर्माले १९ रन बनाउनुभयो । सीता रानामगरले १३ रन बनाउनुभयो । नेपालले ओपनर काजोल श्रेष्ठ पहिलो बलमै गुमाएको थियो । 

यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । हङकङकी कप्तान केरी चानले सर्वाधिक २९ रन बनाउनुभयो । 

मारिना लम्प्लगले १९, शान्जिन शाहजादले १४ र इक्रा साहर १० रनब नाउनुभयो । बलिङमा नेपालकी खुशी डंगोलले तीन विकेट लिनुभयो । अश्मिना कर्माचार्य र कविता जोशीले एक एक विकेट लिनुभयो । सिरिजमा नेपाल  नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै फाइनल खेलेका थिए । मलेसियाले कुवेतलाई हराउँदै तेस्रो बन्यो । 

नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि तयारीका लागि सिरिज खेलेको हो । नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै खेल्नेछ । नेपाल रहेको समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (युएई), कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छ । 

  




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend