असोज ३० गते २०८३ || October 16, 2026

पाकिस्तान र भारतसँग खेल्न तयार छु: क्रिकेटर सन्दीप लामिछाने


सोमबार, भदौ ११ २०८०१२:१५

पाकिस्तान र भारतसँग खेल्न तयार छु: क्रिकेटर सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थानगरेका छन् । सोमबार बिहान उनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पकास्तिान प्रस्थान गरेका हुन् । उनलाई बिदाई गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए। 

पाकिस्तान उड्नुअघि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै क्रिकेटर लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए  । उनले  एशिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिवद्धता जनाएका छन्।  उनले पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुशीको पर्व भएको बताए। 

उनले भने ‘‘टिमले अहिले राम्रो पर्फमेन्स गरिरहेको छ । पाकिस्तानमा पनि अभ्यास गेम खेलेको थियो । म फिट छु, खेल्नका लागि रेडी छु । एशिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ । यो हाम्रो लागि खुशीको पर्व जस्तै हो । किनभने सधैँ यस्ता टिमसँग खेल्न पाउँदैनौँ । अब निरन्तर कसरी खेल्ने भन्नेबारेमा छलफल गर्नुपर्छ ।’’

क्रिकेटर लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भरतसँग खेल्ने वातावरण बनाइरहन मेहनत गर्नुपर्ने बताए  ।


नेपालले एशिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्दैछ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend