असोज २९ गते २०८३ || October 15, 2026

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको जितको लागि शुभकामना


बुधबार, भदौ १३ २०८०१२:१८

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको  जितको लागि शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिनुभएको छ। बुधवार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गर्नुभएको हो।

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताउनुभयो। भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो। 

नेपालले आज बुधवार घरेलु टिम पाकिस्तानसँग खेल्दैछ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend