असोज २९ गते २०८३ || October 15, 2026

तीन सयले घट्यो सुन


शुक्रबार, भदौ १५ २०८०१२:१२

तीन सयले घट्यो सुन

 सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार नौ सय ५० छ । यसको मूल्य अघिल्लो दिन रु. एक लाख १२ हजार दुई सय ५० थियो ।

 त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु एक हजार चार सय ७० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend