असोज ३० गते २०८३ || October 16, 2026

नेपाली टेबलटेनिस टोली २६ औँ एसियाली टेबलटेनिस च्याम्पियनसिपमा दक्षिण कोरिया जाने


शुक्रबार, भदौ १५ २०८०१२:५०

नेपाली टेबलटेनिस टोली २६ औँ एसियाली टेबलटेनिस च्याम्पियनसिपमा  दक्षिण कोरिया जाने

नेपाली टेबलटेनिस टोली २६ औँ एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार दक्षिण कोरिया प्रस्थान गर्ने भएको छ । भदौ १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा संयोग कपाली, रुविन महर्जन, विलोश श्रेष्ठ, सिक्का सुवाल श्रेष्ठ र इभाना थापाले भाग लिनुहुने छ । प्रशिक्षकमा मुख्य प्रशिक्षक सञ्जीव ढुङ्गेल रहनुभएको छ । नेपालले पुरुष/महिला एकल, डबल्स, टिम र मिक्स स्पर्धा गरी सात स्पर्धामा प्रतिस्पर्धा गर्ने छ ।
यी पाँचै खेलाडी १९ औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । एसियाली खेलकुदमा खेल्ने नविता श्रेष्ठ भने टोलीमा समावेश हुनुहुन्न । 
टेबलटेनिस टोली हालै एसियाली खेलकुदको तयारी प्रशिक्षणबाट भारतबाट फर्केको हो । सदस्यसचिव घिसिङले बिदाइ कार्यक्रममा एसियाली खेलकुदको तयारी प्रशिक्षणबारे चासोपूर्वक जानकारी पनि लिनुभएको थियो ।  सोही अवसरमा एसियाली टेबलटेनिसमा सहभागी हुने खेलाडीलाई टिटी गुड्स नेपालले टिसर्ट प्रायोजन गरेको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend