असोज ३० गते २०८३ || October 16, 2026

भारत र पाकिस्तानबीच आज प्रतिस्पर्धा


शनिबार, भदौ १६ २०८००२:५८

भारत र पाकिस्तानबीच आज प्रतिस्पर्धा

एसिया कप क्रिकेटमा बहुचर्चित प्रतिद्वन्द्वी चारत र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको कालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा ३:१५ बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि तयार छन् ।

एसिया कपको आयोजक पाकिस्तान भएपनि भारतले पाकिस्तान गएर खेल्न अस्विकार गरेपछि भारत र पाकिस्तानको खेल श्रीलंकामा हुन लागेको हो । त्यसैले यी दुई टोलीबीच राजनितिसँगै खेल मैदानमा पनि कडा भिडन्त हुने गर्दछ ।

वरीयतामा विश्व नम्बर एक पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतबीचको यस खेललाई विश्वभरका क्रिकेट प्रेमीले समेत प्रतिक्षा गरेका छन् । बाबर आजमको कप्तानीमा उत्रिन लागेको पाकिस्तानले रोहित शर्माको कप्तानीमा रहेको भारतलाई कडा टक्कर दिने विश्वकस गरिएको छ ।

समूह ‘ए’ अन्तर्गत पाकिस्तानले पहिलो खेलमा नेपाललाई दुई सय ३८ रनले हराएको थियो । पाकिस्तान भारतलाई हराएरु सुपर चारमा सजिलै स्थान बनाउने लक्ष्यमा छ । यस्तै पहिलो खेल खेल्न लागेको भारत पनि पाकिस्तानलाई हराएर एसिया कपमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । भारत र पाकिस्तान दुवै टोलीका ब्याटिङ र बलिङ सन्तुलित रहेको छ ।

एसिया कपमा ५० ओभरको खेलमा भारत र पाकिस्तानबीच अहिलेसम्म १३ खेल भएको छ । जसमा भारतले ७ र पाकिस्तानले ५ खेल जितेको छ ।एसिया कपको १५ संस्करणमा भारतले सर्वाधिक सातपटक उपाधि जितेको छ । श्रीलंका ६ र पाकिस्तान दुई पटक च्याम्पियन बनेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend