असोज ३० गते २०८३ || October 16, 2026

पाकिस्तानले भारतलाई दियो १९२ रनको लक्ष्य


शनिबार, असोज २७ २०८००६:१८

पाकिस्तानले भारतलाई दियो १९२ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेटमा पाकिस्तानले भारतसामु १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

शनिबार भारतको अहमदावाद स्टेडियममा भएको खेलमा सुरूमा ब्याटिङ गरेको पाकिस्तान ४२.५ ओभरमा १९१ रनमै अलआउट भएको हो। भारतले टस जितेर फिल्डिङ रोजेको थियो। 

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधित ५० रन बनाएका थिए। मोहम्मद रिजवानले ४९ रन, इमाम उल हकले ३६, अब्दुल्लाह शफिकीले २० रन र हसन अलिले १२ रन जोडेका थिए। 

अन्य खेलाडीले भने दुई अंकको रन जोड्न सकेनन्। 
जस्प्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदिप यादव र रविन्द्र जडेजाले दुई-दुई विकेट लिएका थिए।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend