कात्तिक १ गते २०८३ || October 17, 2026

लगातार नेपालको दोस्रो जित, फाइनल नजिक


बिहीबार , कात्तिक २ २०८००२:३२

लगातार नेपालको  दोस्रो जित, फाइनल नजिक

त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले बिहीबार हङकङलाई छ विकेटले हराएर लगातार दोस्रो जित हात पारेको छ ।

विश्वकप टि–२० छनोटको तयारीअनुरुप यो शृङ्खला भइरहेको छ । नेपालल एक दिनअघि पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)लाई सात विकेटले पराजित गरेको थियो । यस नतिजासँगै नेपाल फाइनल नजिक पुगेको छ । नेपालले अब शनिबार पुनः हङकङ र सोमबार युएइविरुद्ध खेल्नेछ । तीनै टिमले एकअर्काविरुद्ध दुई पटक खेलेपछि शीर्ष दुई टिमबीच अक्टोबर २७ मा फाइनल हुनेछ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो)मा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टिम हङकङ १९.३ ओभरमा ९४ रनमै अलआउट भएको थियो । नेपालले सामान्य लक्ष्य १३.५ ओभरमा नै चार विकेटको क्षतिमा ९९ रन बनाएर हासिल गर्यो ।

कप्तान रोहितले छक्का प्रहार गरी खेल समाप्त पार्नुभयो । एक दिनअघि रोहितले युएइविरुद्धको खेलमा पनि विजयी चौकार प्रहार गर्नुभएको थियो । रोहित २० बलमा दुई छक्का र एक चौकासहित २५ रन बनाएर अविजित रहनुभयो । रोहितसँगै अलराउन्डर गुलसन झा पाँच बलमा दुई छक्कासहित १५ रन बनाएर आउट हुनुभएन । प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सबैभन्दा बढी ४२ रन बनाउनुभयो । ३४ बलको सामना गर्ने आसिफको पालिमा छ चौका सामेल थियो ।

नेपालका अन्य ब्याट्सम्यानमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल आठ रन, कुशल मल्ल एक रन र सन्दीप जोरा तीन रनमा पवेलियन फर्कनुभयो । हङकङका बलर एहसान खानले चार ओभरमा मात्र दस रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । यासिम मुर्तजाको भागमा पनि एक विकेट पर्‍यो ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend