असोज ३० गते २०८३ || October 16, 2026

क्रिकेटका तीन खेलाडीलाई १६ लाख पुरस्कार दिने


सोमबार, कात्तिक २७ २०८०१२:२९

क्रिकेटका तीन खेलाडीलाई १६ लाख पुरस्कार दिने

सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ ।
नेपाललाई टी–२० विश्वकपमा पुर्‍याउन सफल भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकार मन्त्रlपरिषद| बैठकले दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई पाँच/पाँच लाख रुपियाँ पुरस्कारसहित सम्मान गर्ने भएको मन्त्री साउँदले बताएका छन्  ।

एसियाली खेलकुदमा विश्व रेकर्ड बनाउन सफल दीपेन्द्रले भने थप एक लाखसहित ६ लाख रुपियाँ पुरस्कार पाउनेछ । उनले  मङ्गोलियासँगको खेलमा नौ बलमै अर्धशतक प्रहार गरी विश्व रेकर्ड बनाएका थिए  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend