असोज ३० गते २०८३ || October 16, 2026

एपीएफ फाइनलमा


आइतबार, पुस १५ २०८००३:५३

एपीएफ फाइनलमा

नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा एपीएफले कोशी प्रदेशलाई ५२ रनले हरायो । 

जितको लागि एक सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ८७ रन बनाएको थियो । कोशीको लागि अप्सरी बेगमले ३१ रन बनाउनुभयो । रुविना क्षेत्रीले २२ र लखिता राजवंशीले १४ रन बनाउनुभयो । बलिङमा एपीएफकी रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो । एपीएफको जितमा इन्दु बर्माले अविजित ५६ रन बनाउनुभयो ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend