विभागीय डर्वीमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल एपिएफ क्लब सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लगातार तीन जित निकाल्दै एपिएफ समूह ‘ए’ मा एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
वीरेन्द्रनगरको खुल्लामञ्च कोर्टमा सोमबार भएको खेलमा एपिएफले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा एपिएफले २५–१७ को सहज जित निकालेको थियो । दोस्रो सेटमा एपिएफले २५–१५ ले जित्यो । तेस्रो सेटमा भने पुलिस २५–२२ ले अगाडि रह्यो । अन्तिम सेटमा एपिएफले २५–२० को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।