असोज ३० गते २०८३ || October 16, 2026

एसिसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित


आइतबार, माघ २८ २०८००१:२८

एसिसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकटमा लगातार दोस्रो जित निकालेको छ ।

मलेसियाको बायोमास ओभल मैदानमा आइतबार भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले हरायो । पहिलो खेलमा पनि नेपालले हङकङलाई आठ विकेटले नै पराजित गरेको थियो । 

जितका लागि भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि अविजित रहँदै सीता रानामगर ३२ र रुविना क्षेत्रीले १७ रन बनाईन्  । बलिङमा भुटानका अन्जु गुरुङ र अन्जुली घलेले एक एक विकेट लिए  । 

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ६५ रन बनाएको थियो । भुटानका लागि नवाङ छोडेनले २५, कप्तान डिचेन वाङ्गमोले १७ र छिङि जाङ्गमोले १६ रन बनाइन्  । बलिङमा नेपालका कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले एक एक विकेट लिए । 

दोस्रो जितसँगै नेपालले क्वार्टरफाइनलमा पुग्ने सम्भावना बढाएको छ । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend