असोज ३० गते २०८३ || October 16, 2026

एसिसी महिला प्रिमियर कप : नेपाल सेमिफाइनलमा


बुधबार, फागुन २ २०८००३:५०

एसिसी महिला प्रिमियर कप : नेपाल सेमिफाइनलमा

नेपाल मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुरस्थित वाइएसडी युकेएम ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले कुवेतलाई  ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । 

वर्षाले प्रभावित खेलमा जितक लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २२ र सीता रानामगरले १७ रन बनाइन्  । वर्षा हुनुअघि नेपालले ७३ रनको लक्ष्य पछ्याएको थियो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ७३ रन बनाएको थियो । कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रन बनाइन्  । शान्ति बालसुब्रमण्यम र खादिजा खलीलले १३/१३ रन बनाइन् । बलिङमा नेपालका सीता रानामगरले तीन तथा रुबिना क्षेत्री र कविता कुँवरले दुई दुई विकेट लिएकी थिइन्  ।

नेपाल समूह ‘डी’ को विजेता बन्दै क्वार्डरफाइन्तलमा पुगेको थियो । समूह चरणको सबै तीन खेल जितेको नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।

नेपालले अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई दुई सय १४ रनले पराजित गरेको थियो । सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend