असोज २९ गते २०८३ || October 15, 2026

महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश


आइतबार, फागुन १३ २०८००५:४९

महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

नेपाल साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘बी’ अन्तर्गत शनिबार राति भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलले हरायो । नेपाल समूहमा अपराजित रहँदै विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । नेपालको जितमा सावित्रा भण्डारी (साम्बा)ले दुई गोल गर्नुभयो । गीता राना र रेखा पौडेलले एक एक गोल थपे  ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल र दोस्रो खेलमा इराकलाई ५–० गोलले हराएको थियो । समूहको अन्तिम खेल अघिनै अन्तिम चारमा स्थान बनाएको नेपालले सेमिफाइनलमा लेवनानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा जोर्डन र प्यालेस्टाइन भिड्नेछन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend