असोज ३० गते २०८३ || October 16, 2026

सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको तीन वटा जन्म मिति, कुन होला मान्य ? 


पिपल अनलाइन
मंगलबार, पुस १२ २०७९१२:४२

सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको तीन वटा जन्म मिति, कुन होला मान्य ? 

काठमाण्डौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको उमेर विवाद यतिबेला सर्वाधिक चासोको विषय बनेको छ । पीडित किशोरीको तीन वटा जन्म मिति प्रकाशमा आएसँगै कुन मितिलाई आधिकारिक मानिएला भन्नेबारे चासो बढेको हो । सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवादका सम्बन्धमा निरुपण गर्नका लागि काठमाडौं जिल्ला अदालतले माग गरेको कागजातमा किशोरीको जन्म मिति सरकारी अभिलेखमा २०६१ असार १८ गते उल्लेख रहेको पाइएको छ ।

यसअघि किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको प्रतिवादी सन्दीप लामिछाने पक्षका वकिलहरुले दावी गरेका थिए । यता वादी अर्थात् नेपाल सरकारको पक्षबाट बहस गरिरहेका अधिवक्ता र सरकारी वकिलहरुले भने किशोरीको जन्म मिति २०६२ जेठ १८ गते नै रहेको र वारदात भएको भनिएको समयमा उनी नाबालिग नै रहेको दावी गरिरहेका छन् । किशोरीको जन्म मिति खुल्ने विद्यालयको सर्टिफिकेट, उनले लिएको जन्मदर्ताको प्रतिलिपि र नागरिकतामा उनको जन्म मिति २०६२ साल जेठ १८ गते उल्लेख छ । यसरी तीन वटा जन्म मिति प्रकाशमा आएपछि आधिकारिक कुनलाई मान्ने भन्नेबारे प्रश्न उठेको छ ।


  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • # किशोरी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend