असोज ३० गते २०८३ || October 16, 2026

वेस्ट इन्डिज ’ए’विरुद्ध नेपालको रोमाञ्चक जित


शनिबार, वैशाख १५ २०८१०६:१६

वेस्ट इन्डिज ’ए’विरुद्ध नेपालको रोमाञ्चक जित

 पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा  नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गरेको छ । 
कप्तान रोहितकुमार पौडेलको सतकमा नेपाल १९.३ ओभरमा वेस्ट इन्डिज एले दिएको २०५ रनको लक्ष्य पछ्याउन सफल भएको हो । 
नेपालका लाथि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाएर आउट भएका थिए । उनले १० चौका र ६ छक्का प्रहार गरे । 
यसअघि वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो । 
वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए। चेसले ४६ बलमा ९ चौका, २ छक्कासहित ७४ रन बनाए। ओपनर एलिक एथानाजेले ४६ रन बनाउँदा केसी कार्टीले ३८ रन बनाएका थिए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend