असोज २९ गते २०८३ || October 15, 2026

सिरिजको पाँचौं खेलमा नेपालले टस हारेर फिल्डीङ गर्दै 


शनिबार, वैशाख २२ २०८११२:२३

सिरिजको पाँचौं खेलमा नेपालले टस हारेर फिल्डीङ गर्दै 

काठमाडौं – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ ।

नेपालले आज पछिल्लो खेलमा हार बेहोरेको टोलीबाट दुई परिवर्तन गरेको छ । पछिल्लो खेलबाट गुलशन झा र ललित राजवंशी टोलीबाट बाहिरिएका छन् भने टोलीमा सागर ढकाल र अनिल शाह टोलीमा आएका छन् ।

विश्वकप अगाडि नेपालको घरेलु मैदानमा यो अन्तिम खेल रहेको छ । टोली आजको खेल पछि नै विश्वकपका लागि वेस्ट इन्डिज प्रस्थान गर्नेछ ।

वेस्ट इन्डिजले पनि टोलीमा तीन परिवर्तन गरेको छ । आन्द्रे फ्लेचर, केसी कार्टी र कीमो पलको स्थानमा मार्क डेयाल, जोशुवा विशप र कडिम अलेइन टोलीमा आएका छन् ।

सिरिज वेस्ट इन्डिजले ३–१ ले अघि रहँदै उपाधि जितिसकेको छन् । नेपालले गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो । 


  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाँण


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend