कात्तिक १ गते २०८३ || October 17, 2026

आईसीसी टी–२० विश्वकप क्रिकेटमा युगान्डामाथि वेस्ट इन्डिजको सानदार जीत


आइतबार, जेठ २७ २०८१०२:३१

आईसीसी टी–२० विश्वकप क्रिकेटमा युगान्डामाथि वेस्ट इन्डिजको सानदार जीत

काठमाडौं - आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत आज बिहान भएको खेलमा वेस्ट इन्डिजसँग युगान्डा १३४ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

प्रोभीडेन्स स्टेडियममा भएको खेलमा १७४ रनको विजयी लक्ष्य पछ्याएको युगान्डा ३९ रनमा नै अलआउट पुग्यो । युगान्डाका जुमा मियागीले बनाएको १३ रन नै टिमका लागि सर्वाधिक बन्यो । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न भने सकेनन् । युगान्डालाई सस्तैमा समेट्न अकिल हुसेनले ५ तथा अल्जारी जोसेफले २ विकेट लिएका थिए ।

त्यस अघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो ।
जीतसँगै समूह सी मा रहको वेस्ट इन्डिज लगातार दुई खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट इन्डिज यसअघिका दुईवटा विश्वकप जित्ने टोली हो ।

एक खेलमा जित र दुई खेलमा हार भोगेको युगान्डा तेस्रो स्थानमा छ। पिएनजी र न्यु जिल्यान्ड अंक विहिनरुपमा चौथो र पाचौँ स्थानमा छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend