काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्नो लागि सय खेल भन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका छन् । मंगलबार यमनविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट आफ्नो नेपालका लागि सयौँ खेल पूरा गरेका हुन् ।
खेलमा प्रदर्शन तलमाथि भइरहने भन्दै उनले सय खेल खेल्नुभन्दा पनि नेपालको जर्सी लगाउनु नै आफ्ना लागि गर्वको कुरा भएको बताए । उनले आफ्नो स्वास्थ्य राम्रो हुन्जेलसम्म टिमबाट खेलिरहने बताए ।
‘खेलाडीहरुको खेल तलमाथि भइरहन्छ नै । मैले सय गेम खेल्नु भन्दा पनि नेपालको जर्सी लगाउन पाउनु नै मेरो लागि बढी गर्वको कुरा हो । सय गेम आफ्नो ठाउँमा छ, तर नेपालको जर्सी लगाउन पाउनु नै मेरो लागि ठूलो कुरा हो । स्वास्थ्य राम्रो हुन्जेलसम्म खेल्नेछु ।