असोज ३० गते २०८३ || October 16, 2026

डीएसपी  ठगबहादुरले ठगे ३५ तोला सुन, निलम्बन गर्न सिफारिस !


पिपल अनलाइन
मंगलबार, पुस १२ २०७९०२:०७

डीएसपी  ठगबहादुरले ठगे ३५ तोला सुन, निलम्बन गर्न सिफारिस !

काठमाण्डौं - इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता डीआइजी टेकबहादुर राईले अन्नपूर्णलाई जानकारी दिए । उनले भने निलम्बनका लागि गृहमन्त्रालयसमक्ष सिफारिस पठाएका छौं । त्‍यसका लागि थप अनुसन्धान अघि बढ्छ । 

बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेपछि डीएसपी ठगबहादुर केसी पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलीले उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।


  • सम्बन्धित विषय:

  • # ३५–तोला–सुन
  • # डीएसपी–ठगबहादुर
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend