साविक विजेता इङ्ल्यान्डलाई हराउँदै भारत आइसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
गयानामा बिहीबार राति भएको खेलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले सजिलै हरायो । भारत तेस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
भारतले दिएको एक सय ७२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६.४ ओभरमा सवै विकेटको क्षतिमा एक सय तीन रनमा समेटिएको थियो । फाइनलमा भारतले आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । भारतले भने सन् २००७ मा विश्वकप जितेको थियो ।