असोज २९ गते २०८३ || October 15, 2026

असारमा कामको चाप हुने भएकाले छिटो र मिठो खाजाका रुपमा दही–चिउरा खाने चलन


शनिबार, असार १५ २०८१०२:२१

असारमा कामको चाप हुने भएकाले छिटो र मिठो खाजाका रुपमा दही–चिउरा खाने चलन

आज असार १५ अर्थात् दही चिउरा खाने दिन। खेतमा रोपाइँ गरी दही चिउरा खाएर असार १५ मनाइएको छ। सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ। असारमा कामको चाप हुने भएकाले छिटो र मिठो खाजाका रुपमा दही–चिउरा खाने चलन चल्दै आएको विज्ञको तर्क छ।  

विभिन्न गुणले भरिपूर्ण दही र चिउराको सेवन गर्नु स्वास्थ्यका लागि लाभदायी हुने पोषणविद् बताउछन्।  पोषणविद् प्रा.डा. उमा कोइरालाका अनुसार दही–चिउरा छिटो तयार पार्नसक्ने स्वास्थ्यका हिसाबले पोषिलो खाजा हो। 

रोपाइँ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा अचार खाजा खाने गरिएको उहाँ बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “कामको चाप भएकाले दही–चिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा हो। त्यसैले असारमा दही चिउरा खाजाका रूपमा खाने चलन चल्दै आएको हो।” 

दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend