असोज ३० गते २०८३ || October 16, 2026

युरोपेली च्याम्पियनसिप–२०२४ अन्तर्गत शनिबारदेखि नकआउट चरण सुरु हुने


शनिबार, असार १५ २०८१०६:१३

युरोपेली च्याम्पियनसिप–२०२४ अन्तर्गत शनिबारदेखि नकआउट चरण सुरु हुने

युरोपेली च्याम्पियनसिप–२०२४ अन्तर्गत शनिबारदेखि नकआउट चरण सुरु हुने छ । नकआउट चरणको पहिलो दिन आयोजक जर्मनी र डेनमार्कबिच तथा इटाली र स्विट्जरल्यान्डबिच भिडन्त हुने छ ।

नकआउट चरणमा जर्मनी र डेनमार्कबिचको खेल दुई अपराजित टिमबिचको एक मात्र भिडन्त हो । स्कटल्यान्ड र हङ्गेरीलाई हराउनुका साथै स्विट्जरल्यान्डविरुद्ध बराबरीमा खेली जर्मनी समूह ‘ए’ विजेता बनेको थियो । डेनमार्क भने स्लोभेनिया, इङ्ग्ल्यान्ड र सर्भियासँग बराबरीमा खेलेर नकआउटमा पुगेको हो ।

समूह चरणमा गरेको प्रदर्शनले जर्मनी क्वाटरफाइनलको हकदार देखिन्छ । यी दुईबिचका पछिल्ला खेल नियाल्दा पनि जर्मनी नै बलियो देखिन्छ । सन् २००७ पछि जर्मनीले डेनमार्कलाई हराएको छैन । यी दुई टिमबिच भएका पछिल्ला चारमध्ये तीन खेल बराबरीमा सकिएको थियो । यद्यपि डेनमार्कविरुद्ध खेल्दा जर्मनीसमक्ष नकआउट चरणमा आफ्नो कमजोर प्रदर्शनको डर हुने छ । पछिल्लो युरोमा जर्मनी अन्तिम १६ मै इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । युरो २०१६ पछि जर्मनीले विश्वकप र युरो कपमा नकआउट खेल जित्न सकेको छैन । त्यसैले पनि जर्मनी सचेत छ । डेनमार्कले भने पछिल्लो युरो च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

युलियन नागेल्समानको प्रशिक्षकत्वमा रहेको जर्मनीले समूह चरणमा आठ गोल ग¥यो भने दुई गोल बेहोरेको थियो । यद्यपि प्रशिक्षक नागेल्समानसमक्ष डेनमार्कविरुद्धको खेलमा डिफेन्समा केही परिवर्तन गर्नुपर्ने बाध्यता भएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend