महोत्तरी जिल्ला रामगोपालपुर नगरपालिकाका नगर प्रमुख र वडा अध्यक्षको उपस्थितिमा जेहेन्दार, गरीब, र मेहेनती विधार्थीलाई स्कुलको पोसाक तथा स्कुल ड्रेस वितरण गरिएको छ ।
पढाईमा लगनशील मेहनती बिद्यार्थीलाई स्कुल को पोसाक बितरण गरि थप उर्जा बढाउन उक्त कार्यक्रम राखिएको वडा न: ५ का वडा अध्यक्ष मकेश्वर कुमार शर्माले जानकारी गराउनु भएको हो
उक्त कार्यक्रममा राम दुलार साह नगर प्रमुखलाई समेत निमन्त्रणा गरि स्कुलका ब्याबस्थापन समिति र प्रधानाध्यापकको उपस्थितिमा साथै गाउँका भर भलादमी सहित कार्यक्रम सम्पन्न भएको अध्यक्ष शर्माले जानकारी दिनुभएको छ । यस्तो कार्यक्रममा बिधार्थीमा थप लगनशीलता, र झनै मेहनतले पढ्ने उहाँको बिस्वाश छ ।
सरकारी स्कुलको शिक्षालाई उच्च बनाउन, जेहेन्दार र मेहेनती बिधार्थीलाई अझै प्रोत्साहन गर्न आफुहरु सधै लागी पर्ने समेत जानाकारी दिनुभयो ।