सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा न ४ ले भोलिको दिनमा आम्दानिको स्रोतको रुपमा हेर्दै ४०० आँप १०० लिच्ची १०० अम्बा २० वटा कटहरको बोटबिरुवा वृक्षरोपण गरेको छ ।
डकाहा फुटबल ग्राउन्डमा आउने दिनहरुका लागि फलफूलमा वडा आत्त्मानिर्भर हुनको लागि दुधौली नगरपालिकाको सहयोगमा आँप ४०० लिच्ची १०० अम्बा १०० कटहर २० वटा बिरुवा वृक्षरोपण गर्ने कार्य सम्पन गरेको हो ।
वृक्षरोपणमा सम्पुर्ण जनसमुदाय वडा न ४ का वडा अध्यक्ष ,नेपाल प्रहरी , APF प्रहरी , टोल सुधारसमिती , बन उपभोक्ता समिती, स्थानीय बासिन्दा बाल क्लबको उपस्थिती, बजरङ्गि फिट्नेश क्लबको उपस्थिती रहेको छ । साथै सम्पुर्ण उपस्थित भई सहयोग गर्नुहुने सम्पुर्णमा वडा नम्बर ४ का वडा अध्यक्ष रित बहादुर बिस्वकर्माले हार्दिक कृतज्ञता ब्यक्त गर्नुभएको छ ।
आगमी दिनमा पनि यसरि नै साथ सहयोगको अपेक्षा गर्ने समेत वडा अध्यक्षले जानकारी दिनुभएको छ ।
