मनरा शिसवा नगरपालिकाले महिला स्वयमसेविकाहरुको रोहबरबाट योग कक्षाहरु संचालनमा ल्याएको छ ।
योग कक्षाहरुमा धेरैजसो आमा समुहका महिलाहरु तथा बाल बच्चाहरुको सहभागिता रहेको नगर प्रमुख मोहन पाण्डेले जानकारी दिनु भएको छ । पुरुषहरुको सहभागिता रहेतापनि महिलाहरुको उल्लेखनीय सहभागिता गराउने नगर प्रमुखले बताउनु भएको छ ।
स्वास्थ्यलाई मध्यनजर गर्दै सबैभन्दा अत्यावश्यक कुरा नै स्वास्थ्य भएकाले पनि योग गर्नु अत्यन्तै फाईदाजनक भएकाले कक्षाहरु संचालन गरेको उहाले जानकारी दिनुभयो ।
लामो समयसम्म लाग्ने विभिन्न किसिमका रोग हरु जस्तै थाईराईड चिनीरोग जस्ता रोगहरुलाई पनि योगको कारणले हदसम्म निर्मुल पार्ने हुदाँ यसलाई बिशेष जोड दिएको पनि बताउनु भयो ।
यसका साथै स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण भएकाले स्वास्थ्य सम्बन्धि घर दैलो कार्यक्रम समेत नगरपालिकाले संचालनमा ल्याएको छ यसमा महिलाहरुको लागी सुत्केरी सेवा हरेकको अस्पतालमा होस् , बच्चाहरु कुपोषित बाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले घरदैलो कार्यक्रम गरेको नगर प्रमुख पाण्डेले बताउनु भएको छ ।