असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री ओली नेपाल–भारत बीचको फाइनल खेल हेर्न जाने


बुधबार, साउन २३ २०८११०:२०

प्रधानमन्त्री ओली नेपाल–भारत बीचको फाइनल खेल हेर्न जाने

काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि बुधबार नेपालले भारतसँग खेल्दैछ।

उक्त फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल जाने भएका छन्।

प्रधानमन्त्री ओलीको सचिवालयलले जानकारी दिएअनुसार प्रधानमन्त्री सवा चार बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल पुग्नेछन्।

कभर्ड हलमा साँझ ५ बजे नेपाल र भारतबीच उपाधिका लागि भिडन्त हुनेछ।

बुधबार सेमिफाइनलमा इरानलाई हराएर नेपाल फाइनल प्रवेश गरेको थियो। भारत श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको थियो।

 

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend