असोज ३० गते २०८३ || October 16, 2026

काठमाडौँ महानगरले महिला भलिबल टोलीलाई नगदसहित सम्मान


बिहीबार , साउन २४ २०८१०६:०२

काठमाडौँ महानगरले  महिला भलिबल टोलीलाई नगदसहित सम्मान

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपविजेता नेपाली महिला भलिबल टोलीलाई काठमाडौँ महानगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ ।

महानगरले बिहीबार आयोजित कार्यक्रमबिच टोलीका १४ खेलाडी र मुख्य प्रशिक्षकलाई जनही एक लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको हो । यस्तै टोलीका सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई समान ५० हजार रुपियाँ प्रदान गरेको हो । 

महिला टोलीलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’, उपप्रमुख सुनीता डङ्गोल लगायतले सम्मान गर्नुभयो । सम्मान कार्यक्रममा प्रमुख शाहले महिला भलिबल टोलीले  सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराएको बताएका छन्  ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ कभर्ड हलमा बुधबार भएको फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा भारतले नेपालमाथि २३–२५, २५–१४, २२–२५, २५–२१, १५–५ को जित निकालेको थियो । घरेलु कोर्टमा उपाधि चुम्ने नेपालको सपनामा भारत बाधक बनेको हो । नेपाल अन्तिम सेटमा स्तब्ध बनेको थियो ।  




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend