असोज ३० गते २०८३ || October 16, 2026

प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान


शनिबार, साउन २६ २०८१११:१२

प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान

सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते आइतबार दिउँसो २ बजे अधिवेशन आह्वान गर्नुभएको हो । 

यसअघि, आह्वान गरिएको चौथो एवम् विशेष अधिवेशन बुधबार अन्त्य भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको सिफारिसमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले पाँचौँ अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिनुभयो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यो अधिवेशनमा विश्वासको मत लिने तयारी गरिरहनू भएको जनाइएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend