असोज २९ गते २०८३ || October 15, 2026

अध्यक्ष ओली जाँचबुझ आयोगमा बयान दिन जानुपर्छ, जानुहुन्छ- ईश्वर पोखरेल


बुधबार, मंसिर २४ २०८२०४:१२

अध्यक्ष ओली जाँचबुझ आयोगमा बयान दिन जानुपर्छ, जानुहुन्छ- ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगसमक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीले बयान दिनुपर्ने बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन अवस्थामा सरकार प्रमुख भएका कारण ओलीले जाँचबुझ आयोग समक्ष बयान दिनुपर्ने बताएका हुन्।

'सरकारले बनाएको आयोग हो। हाम्रा कतिपय रिजर्भेसन होला तर बयान दिन जानुपर्छ। म भएको भए जान्थेँ। अझै अगाडि नै जान्थेँ होला। त्यसको अवज्ञा गर्नुले राम्रो सन्देश जाँदैन,' उनले भने। 

पोखेलले एउटाको पक्ष लिएको व्यक्ति आयोगकव अध्यक्ष भएको अवस्थामा विश्वसनीयतामा प्रश्न भए पनि बयान भने दिनुपर्ने बताएका हुन्। 

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend