संसद् बैठकमा सांसद र मन्त्रीहरू निदाउनु सामान्य जस्तै भइसकेको छ । संसदमा महत्त्वपूर्ण विषयमा छलफल भइरहेका बेला पनि कतिपय सांसद र मन्त्रीहरू विषयवस्तुलाई बेवास्ता गर्दै कोही निदाउने, कोही मोबाइल चलाउने त कोही एक आपसमा गफ गर्ने दृश्यहरू सामान्य हुन थालेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर रहेको थियो । प्रधानमन्त्री बैठक कक्षमा पुग्दा सामान्यतया मन्त्रीहरूले उठेर नमस्कार गर्ने गर्छन् । प्रधानमन्त्रीले पनि हात जोडेरै नमस्कार फर्काउँछन् ।
तर बुधबार प्रधानमन्त्री बैठक कक्षमा प्रवेश गर्दा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ भने मस्त निन्द्रामा थिए।