असोज ३० गते २०८३ || October 16, 2026

आन्दोलनकारीले सर्वोच्च अदालत घेरेपछि बंगलादेशका प्रधानन्यायाधीशले पनि दिए राजीनामा


शनिबार, साउन २६ २०८१०२:५९

आन्दोलनकारीले सर्वोच्च अदालत घेरेपछि बंगलादेशका प्रधानन्यायाधीशले पनि दिए राजीनामा

बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन्।

उनको राजीनामा माग्दै आन्दोलनकारीहरू सर्वोच्च अदालत परिसर घेरेपछि प्रधानन्यायाधीश हसनले राजीनामा दिएका हुन्।

शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।

आन्दोलनकारीहरूले उनलाई राजीनामा गर्नका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटमसमेत दिएका थिए।

 

अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गरेका हुन्

अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले हसनले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिएका थिए। 

हसनले सर्वोच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको पनि बताएका छन्।

'राजीनामाका लागि केही औपचारिकताहरू बाँकी छन्। ती पूरा गरेर साँझसम्ममा राष्ट्रपति मोहम्मद शहाबुद्दिनलाई राजीनामा पत्र बुझाउँछु,’ प्रधानन्यायाधीश हसनले भने।

cj-hasan-1723276398.jpg
बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसन । 

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend