असोज ३० गते २०८३ || October 16, 2026
एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै, सदस्यहरूले धारणा राख्ने

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै, सदस्यहरूले धारणा राख्ने

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै, सदस्यहरूले धारणा राख्ने

पिपल अनलाइन
बुधबार, भदौ १९ २०८१०८:०३

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै, सदस्यहरूले धारणा राख्ने

 काठमाण्डौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक बुधबार पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बिहान ११ बजेबाट सुरू हुने बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्नेछन् । प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

मंगलबारको बैठकमा महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् । कार्ययोजनामा सदस्यतादेखि संगठन विस्तारको खाका प्रस्तुत गरिएको छ ।

संगठित सदस्यको संख्या १० लाख पुर्‍याउने एमालेको लक्ष्य छ । वडामा कुल मतदाताको तीन प्रतिशत र पालिका र जिल्लामा १० प्रतिशत संगठित सदस्य बनाउन सके १० लाखको लक्ष्य पूरा हुने कार्ययोजनामा उल्लेख छ ।

#पोलिटब्युरो बैठक

  • सम्बन्धित विषय:

  • # एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै, सदस्यहरूले धारणा राख्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend