असोज ३० गते २०८३ || October 16, 2026

भारत सरकारको अनुदानमा पेट्रोलियम पाइपलाइन निर्माण हुने


शुक्रबार, असोज १८ २०८१०८:५२

भारत सरकारको अनुदानमा पेट्रोलियम पाइपलाइन निर्माण हुने

भारत सरकारको अनुदानमा दुई पाइपलाइन परियोजना निर्माण हुने भएका छन् । इन्डियन आयल कर्पोरेसनका निर्देशक सेन्थल कुमार र नेपाल आयल निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टबिच नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण क्षमता विस्तारसम्बन्धी सम्झौता भएको  छ। 

दोस्रो चरणको पेट्रोलियम परियोजना अगाडि बढाउन बिहीबार भारतको नयाँ दिल्लीमा बिटुबी फ्रेमवर्क सम्झौता भएको छ। भारतको सिलगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने नेपाल आयल निगमले जनाएको छ । 

यस्तै बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पाइपलाइन परियोजना भारत सरकारकै अनुदानमा निर्माण हुने छ । चितवनको लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको स्मार्ट टर्मिनल भारत सरकारको प्राविधिक सहयोग र निगमको लगानीमा निर्माण हुने बताइएको छ । 

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट र इन्डियन आयल कर्पोरेसन आइओसीका डाइरेक्टर सेन्थल कुमारबिच भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास सचिव पङ्कज जैन र आइओसीका अध्यक्ष भी। सतीश कुमारको उपस्थितिमा भारतको नयाँ दिल्लीमा पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण गर्न निगम र आइओसीबिच बिटुबी सम्झौता भएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend