असोज २९ गते २०८३ || October 15, 2026

लेबनानमा सबै नेपाली शान्ति सैनिक सुरक्षित


मंगलबार, असोज २९ २०८१०६:०३

लेबनानमा सबै नेपाली शान्ति सैनिक सुरक्षित

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी प्राप्त भएको छ ।

“शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ”, सैनिक प्रवक्ता केसीले भन्नुभयो । हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन् 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend