असोज ३० गते २०८३ || October 16, 2026

मलेसियामा श्रमिकको न्यूनतम तलब बढ्‍यो


शनिबार, कात्तिक ३ २०८११०:१९

मलेसियामा श्रमिकको न्यूनतम तलब बढ्‍यो

मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ।आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी पारिश्रमिक बढाउने घोषणा गरेको हो।

हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ।

आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी मलेसिया सरकारले न्यूनतम तलब १७०० रिंगेट बनाउने घोषणा गरेको हो ।

आगामी वर्षका लागि बजेट भाषण गर्दै मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले न्यूनतम पारिश्रमिक २०० रिंगेटले बढाउने घोषणा गरेका हुन्।

पाँचभन्दा कम कामदार भएका कम्पनी तथा उद्योगका लागि भने नयाँ पारिश्रमिक केही समय पछिदेखि लागू हुनेछ। यस्ता कम्पनी तथा उद्योगमा आगामी १ अगस्ट २०२५ देखि लागू हुने छ।

मलेसियाले तलब बढाउँदा यसको फाइदा नेपाली श्रमिकहरूका लागि पनि हुनेछ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend