असोज ३० गते २०८३ || October 16, 2026

पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद


शुक्रबार, कात्तिक १६ २०८१११:१९

पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद

काठमाडौँ, कात्तिक १६ गते । तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम सो कारबाहीको व्यवस्था रहेको बताउनुभयो ।
 “नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम पटका र पटकाजन्य पदार्थहरुको अवैध प्रयोग ओसारपसार गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना पनि गर्ने व्यवस्था छ । पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषणका साथसाथै दुर्घटना पनि निम्त्याउने भएकोले नेपालको कानुनले यस्ता पदार्थको अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरण गर्ने जोसुकैलाई कानुनले सजायको भागेदार बनाउँछ ।”




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend