नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ।
एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगद रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो।
अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ।
अमिषाले बुधबार दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिप को फाइनल खेलमा बङ्गलादेश विरुद्ध गोल गरेकी थिइन्। यद्यपि सोखेलमा नेपाल २-१ गोलले पराजित भएको थियो।
उनले सेमिफाइनलमा भारतविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी प्रहार गर्दा नेपालले ४- २ गोलको जित निकालेको थियो।