असोज ३० गते २०८३ || October 16, 2026

बार्सिलोना सोसिडाडसँग स्तब्ध


सोमबार, कात्तिक २६ २०८१०८:५१

बार्सिलोना सोसिडाडसँग स्तब्ध

 स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना रियल सोसिडाडसँग १-० ले स्तब्ध भएको छ । यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको बार्सिलोना ला लिगामा दोस्रो पटक पराजित भएको छ  ।

घरेलु मैदा नरिएले एरेनामा भएको खेलमा सोसिडाडका लागि सेराल्डो बेकरले ३३औं मिनेटमा निर्णायक गोल गरेको हो ।त्यसअघि रोवर्ट लेवान्डोस्कीले १३औं मिनेटमै गोल गरेपनि भिएआरले मान्यता दिएन ।

बार्सिलोना १३ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमै कायम छ । दोस्रो स्थानको रियल मड्रिड भन्दा बार्सिलोना अझै ६ अंकले अघि छ ।जितपछि सोसिडाड १३ खेलबाट १८ अंक जोडेर आठौं स्थानमा उक्लेको हो ba.jpg




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend