असोज ३० गते २०८३ || October 16, 2026

नेपालमा भारतीय अपहरणकारी गिरोह बढ्दो


पिपल अनलाइन
बुधबार, पुस १३ २०७९११:३४

नेपालमा भारतीय अपहरणकारी गिरोह बढ्दो

काठमाण्डौ- नेपालमा आएर भारतीय अपहरणकारी गिरोहले अपहरण गरेका सिरहाका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । अपहरणमा संलग्न एक भारतीय फिरौती रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने बेतहा पर्साका मो। मुकतार शेख छन् । मंगलवार राति उनलाई भारतसँग सीमा जोडिएको महोत्तरीको मटिहानी क्षेत्रबाट प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साह नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

शेखको साथबाट फिरौती ९ लाख रुपैयाँ समेत प्रहरीले बरामद भएको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरू फरार छन् । पक्राउ परेका शेखलाई महोत्तरी प्रहरीको जिम्मा लगाइएको छ । घटनामा संलग्न अन्यको पनि पहिचान भइरहेको र खोजी जारी राखेको प्रहरीको भनाई छ । शेखसहितका समूहले पुस ९ गते सिरहाको लहान घर भएका इसर सिद्धिकीको अपहरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend