असोज ३० गते २०८३ || October 16, 2026

सुपर ओभरमा पोखरासँग १३ रनले विराटनगरको हार


बिहीबार , मंसिर २७ २०८१०१:३१

सुपर ओभरमा पोखरासँग १३ रनले विराटनगरको हार

विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्ससँग सुपर ओभरमा १३ रनले पराजित भएको छ ।

रोमाञ्चक खेलको सुपर ओभरमा पोखराका लागि रेमन रेफरले १७ र एन्ड्रिस गौसले एक रन बनाउनुभयो । जवाफमा पाँच रन बनाएको विराटनगरका लागि मार्टिन गुप्टिल र निकोलश किर्तनले दुई दुई रन बनाउनुभयो । विराटनगरले अतिरिक्त एक रन पाएको थियो । 

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरासँग हार खेपेपछि सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ ।

जितसँगै पोखराले प्ले अफ पुग्ने आशा जगाएको छ । पाँचौँ खेलमा दोस्रो जित निकालेको पोखराको चार अङ्क पुगेको छ । समान खेलमा चौथो हार खेपेको विराटनगरको दुई अङ्क छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३९ नै रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । यो जारी एनपिएलकै पहिलो सुपर ओभरमा पुगेको खेल हो ।  




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend