असोज २९ गते २०८३ || October 15, 2026

एनपिएलः काठमाडौं गुर्खाज छ विकेटले विजयी


शनिबार, मंसिर २९ २०८११२:४७

एनपिएलः काठमाडौं गुर्खाज छ विकेटले विजयी

 नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौंले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । यो जितसँगै काठमाडौं गुर्खाज प्लेअफ नजिक पुगेको छ ।

काठमाडौंको जितमा स्टेफन स्किनाजीले अर्धशतकीय पारी खेले । उनले ३४ बल खेल्ने क्रममा १० चौकासहित ६० रनको योगदान दिए । त्यसबाहेक माइकल लेभिटले ३२, गेर्हार्ड एरासमुसले अविजित २५ र भीम सार्कीले २२ रनको योगदान दिए । पोखराका लागि विपीन खत्रीले तीन विकेट लिए भने मिचेल लेस्कीले एक विकेट हात पारे ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend