कात्तिक १ गते २०८३ || October 17, 2026

विराटनगरलाई हराउँदै काठमाडौँ प्लेअफको संघारमा


आइतबार, मंसिर ३० २०८१०१:१४

विराटनगरलाई हराउँदै काठमाडौँ प्लेअफको संघारमा

विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौँ गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ संघारमा उभिएको छ । 

त्रिवि मैदान कीर्तिपुरमा आइतबार जितका लागि एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँले १८.१ ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन जोड्दै लक्ष्य पूरा गरेको हो । 

पराजित विराटनगर यसअघिनै प्लेअफ होडबाट बाहिरिसकेको छ । लिगमा सबै सात खेल सकेको काठमाडौँले आठ अङ्क बनाएको छ ।

अब काठमाडौँलाई प्लेअफमा पुग्न सोमबार हुने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबिचको नतिजाले भर पार्नेछ । उक्त खेलमा कर्णाली फराकिलो अन्तरले हारेमा काठमाडौँको अगाडिको यात्रा सहज बन्नेछ । अहिले ६ खेल सकेको कर्णालीको पनि आठ अङ्क छ । 

काठमाडौँको जितसँगै समान आठ अङ्क बनाएको सुदूरपश्चिम रोयल्सले दुई खेल अगावै र चितवन टाइगरले नेट रनरेटका आधारमा प्लेअफमा स्थान बनाएको छ । १० अङ्क बनाएको जनकपुर बोल्ट्स यसअघिनै अघिल्लो चरणमा पुगिसकेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend